आईतवार, श्रावण १०,२०८३ 03:15:46
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:15:46
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीको दाबी -'निर्धारित समयअगावै ग्रे लिष्टबाट बाहिर निस्किन्छौं'

अर्थमन्त्रीको दाबी -'निर्धारित समयअगावै ग्रे लिष्टबाट बाहिर निस्किन्छौं'
New Office

काठमाण्डौ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्किने दाबी गरेका छन् ।  

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफं)ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने-'विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्किन्छौं ।'

नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले शुक्रबार नै नेपाललाई ग्रे लिस्टमा सूचीकृत गरेको थियो ।

फ्रान्सको राजधानी पेरिसमा जारी एफएटीएफको बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । यसको अर्थ नेपालले २ वर्षभित्र महत्वपूर्ण कामहरु गर्नुपर्नेछ त्यहाँबाट निस्किन । सरकार र अन्य तालुकदार निकाय गम्भीर बनेर द्रूत गतिमा काम गरे भने २ वर्षअघि नै आवश्यक सुधारका रिपोर्टसहित नेपालले ग्रेलिस्टबाट हटाउने अनुरोध गर्नसक्छ । अर्थमन्त्रीले पनि यही आशयमा आधारित रहेर प्रतिक्रिया दिएका हुन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.