काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४५ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४४.९५ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७५.१५ रुपैयाँ र बिक्रीदर १७५.९१ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.४७ रुपैयाँ र बिक्रीदर ८८.८५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६९ रुपैयाँ र बिक्रीदर ३७.८६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३३ रुपैयाँ र बिक्रीदर ३१.४७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९५ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.५५ रुपैयाँ र बिक्रीदर ४५०.५० रुपैयाँ कायम भएको छ ।