शुक्रबार, जेष्ठ १,२०८३ 02:39:19
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:39:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चौधरी ग्रुपले नेपाली बजारमा भित्र्यायो मोटोरोला

Laxmi Sunrise Bank Limited
चौधरी ग्रुपले नेपाली बजारमा भित्र्यायो मोटोरोला
Shivam Cement

काठमाण्डौ । चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाभित्र्याएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोबाईलले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको हो । यससँगै नेपाली मोबाईल बजारमा चौधरी ग्रुपले बलियो प्रभुत्व जनाउने कम्पनीले जनाएको छ ।

अत्यन्तै आक्रमक बजारीकरणमा अगाडि बढीरहेको मोटोरोलाले आफ्ना स्मार्टफोनहरु आम उपभोक्ताको सरल पहुँचमा ल्याउन निक्कै प्रतिस्पर्धी मूल्य निर्धारण गर्दै आएको छ । कुनै पनि किसिमका ब्लोटवेयर नभएका एण्डरोईट स्मार्टफोनको प्रिमियम अनुभूतीका लागि मोटोरोलाले स्टक एण्डरोईड अपरेटिङ सिस्टमको अनुभव दिलाउनेकम्पनीले जनाएको छ । मूल्यका आधारमा उच्चतम फिचरहरु प्रदान गर्ने मोटोरोलाले प्रोडक्ट डिजाईनमा नयाँ बेन्चमार्क स्थापना गर्न सफल भएको समेत कम्पनीको भनाई छ ।

Bizshala
New Office
CG Motors

मोटोरोला नेपालका विजनेस हेड विनय जोशीका अनुसार मोटोरोलाले नेपाली बजारमा नयाँ बेन्चमार्क निर्धारण गर्ने लक्ष्यका साथ बजारमा आफ्ना स्मार्टफोनहरु उतारेको हो । जोशी भन्छन्, ‘मोटोरोलाले मोबाईल बजारमा कायम राखेको लिगेसीको निरन्तरताको प्रत्याभूती नेपाली उपभोक्ताले पाउने छन् । बजारमा स्मार्टफोन ल्याउनु पूर्व हामीले ताम्राकार कम्प्लेक्समा ग्राहक सेवा केन्द्रको स्थापना गरिसकेका थियौं । हामीले भारतीय बजारसँग समानान्तर मूल्य निर्धारण गरेका छौं । जुन निक्कै प्रतिस्पर्धी हो । हामी नेपाली बजार र उपभोक्ता सन्तुष्टि प्रति प्रतिबद्ध रहेका छौं ।’

Garima Development Bank
Shivam Cement
IME remit

नेपाली बजारमा सबैभन्दा एफोर्डेबल फाईज जि स्मार्ट फोन मोटो जी४५, मिडरेन्ज क्याटेगोरीको लिडर मानिएको मोटो एज फिफ्टी फ्युजन, निक्कै प्रिमियम र एफोर्डेबल फिल्प फोनमोटो रेजर फिफ्टी जस्ता मोडलहरु लिएर नेपाली बजारमा प्रतिस्पर्धामा उत्रिएको मोटोरोलो सजिलै नेपाली बजारमा अग्रस्थान हासिल गर्ने कम्पनीको विश्वास रहेको छ । मोटोरोलाका सबै फाईभ जि स्मार्ट फोन आ–आफ्नो क्याटोगोेरीमा मूल्य र स्पेसिफिकेसनका आधारमा क्याटोगोरी लिडर रहेको कम्पनीले दावी गरेको छ ।

नेपाली बजारका लागि प्राथमिकता सहित विशेष मूल्य निर्धारण गरेको मोटोरोलाका स्मार्टफोनहरु रिटेल आउटलेट तथा सिजी डिजिटल तथा दराज लगायतका अनलाईन प्लेटफर्ममा समेत उपलब्ध रहेका छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.