काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरको बोलपत्र खोलिएको छ । कम्पनीको लिलामी सेयरको बोलपत्र आज बिहान ८ बजेदेखी दिनको २ बजे सम्म नक्सालमा रहेको लिसारा बैकेटमा खोलिएको हो ।
बोलपत्र आवेदनमा सबै भन्दा बढी रु. ११०० प्रति सेयर मूल्य र सबैभन्दा कम रु १०० कबोल भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । बोलपत्र आवेदकहरु मध्ये सबै भन्दा बढी बोलकबोल गर्ने बोलपत्र बाट क्रमश ४ लाख ९२ हजार ५७७ कित्ता सेयर बाँडफाँड गर्दा रु. १०२२ (आवेदन फारम रुजु गर्दा अन्तिम मूल्य केही फरक पर्न सक्ने) न्यूनतम मूल्य९कटअफ मूल्य)निर्धारण भयो ।
कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रदमा आवेदन नपरेको ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङमार्फत गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।