शनिबार, श्रावण २३,२०८३ 02:51:26
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 02:51:26
Bizshala
Global IME Bank Limited

एलआईसी नेपालको अवितरित हकप्रदको लिलाम बढाबढबाट बोलपत्र कार्य सम्पन्न, कटअफ मूल्य कति ?

एलआईसी नेपालको अवितरित हकप्रदको लिलाम बढाबढबाट बोलपत्र कार्य सम्पन्न, कटअफ मूल्य कति ?
New Office

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरको बोलपत्र खोलिएको छ । कम्पनीको लिलामी सेयरको बोलपत्र आज बिहान ८ बजेदेखी दिनको २ बजे सम्म नक्सालमा रहेको लिसारा बैकेटमा खोलिएको हो ।

बोलपत्र आवेदनमा सबै भन्दा बढी रु. ११०० प्रति सेयर मूल्य र सबैभन्दा कम रु १०० कबोल भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । बोलपत्र आवेदकहरु मध्ये सबै भन्दा बढी बोलकबोल गर्ने बोलपत्र बाट क्रमश ४ लाख ९२ हजार ५७७ कित्ता सेयर बाँडफाँड गर्दा रु. १०२२ (आवेदन फारम रुजु गर्दा अन्तिम मूल्य केही फरक पर्न सक्ने) न्यूनतम मूल्य९कटअफ मूल्य)निर्धारण भयो ।  

कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म  चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रदमा आवेदन नपरेको ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङमार्फत गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.