काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३८.४२ रुपैयाँ र बिक्रीदर १३९.०२ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज यूरोको मूल्य पनि बढेको छ । आज एक यूरो खरिददर १४५.८९ रुपैयाँ र बिक्रीदर १४६.५२ रुपैयाँ कायम छ । अघिल्लो दिन एक यूरोको खरिददर १४४.९२ रुपैयाँ र बिक्रीदर १४५.५५ रुपैयाँ कायम भएको थियो । आज एक पाउण्डको खरिददर १७५.८७ रुपैयाँ र बिक्रीदर १७६.६३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७४.९८ रुपैयाँ र बिक्रीदर १७५.७४ रुपैयाँ कायम थियो ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.१९ रुपैयाँ र बिक्रीदर ८८.५७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९१ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४८ रुपैयाँ र बिक्रीदर ३१.६२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२० रुपैयाँ र बिक्रीदर ३८.२६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७० रुपैयाँ र बिक्रीदर ९.७५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.३३ रुपैयाँ र बिक्रीदर ४५३.२८ रुपैयाँ कायम भएको छ ।