बुधबार, असार १०,२०८३ 07:22:48
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:22:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘सानिमा फ्लेक्सी फण्ड’को इकाई निष्कासन तथा बिक्री बन्द आज

Laxmi Sunrise Bank Limited
‘सानिमा फ्लेक्सी फण्ड’को इकाई निष्कासन तथा बिक्री बन्द आज

काठमाण्डौ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सानिमा बैंक, कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्वस्थापक तथा डिपोजिटरी रहेको ‘सानिमा म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने चौथो तथा पहिलो खुलामुखी योजना ‘सानिमा फ्लेक्सी फण्ड’ को’१० करोड इकाइको बिक्री आवेदन गत फागुन ६ गतेदेखि खुला गरिएको थियो ।  

यो योजनाको इकाई बिक्री बन्द छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गते बैंकिङ समयपछि हुने जनाइएको थियो । तर निर्धारित समयभित्र मागबमोजिम आवेदन नपरेकाले म्याद थप्दै खरिद आवेदन दिने समयावधि फागुन २० गतेसम्म तोकिएको थियो ।    

New Office
CG Motors
Garima Development Bank

तर माभन्दा अधिक आवेदन परेकाले योजनाको इकाई बिक्री आवेदन आज बन्द गर्न लागिएको हो । खुलामुखी प्रकृतिको यस सामूहिक लगानी कोष योजनाको कुल आकार प्रतिइकाई अंकित मूल्य रु. १० दरको १० करोड इकाईमध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको छ ।  

उक्त निष्कासन गरिएको इकाई मध्ये योजनाको कुल आकारको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई मध्ये कोष प्रवद्र्घक सानिमा बैंकलाई १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकार्ई तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २० लाख इकाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा २ करोड ५० लाख इकार्ई सार्वजनिक रुपमा बिक्रीको लागि खुल्ला गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण नहुने हुँदा यस योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरुमार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ । जस अन्र्तगत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय सममार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजनामार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.