काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज यूरोको मूल्य भने बढेको छ । आज एक यूरो खरिददर १४६.१३ रुपैयाँ र बिक्रीदर १४६.७६ रुपैयाँ कायम छ । अघिल्लो दिन एक यूरोको खरिददर १४५.८९ रुपैयाँ र बिक्रीदर १४६.५२ रुपैयाँकायम थियो । आज एक पाउण्डको खरिददर १७६.०६ रुपैयाँ र बिक्रीदर १७६.८१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७५.८७ रुपैयाँ र बिक्रीदर १७६.६३ रुपैयाँ कायम थियो ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.९४ रुपैयाँ र बिक्रीदर ८८.३२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९१ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१८ रुपैयाँ र बिक्रीदर १९.२७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२० रुपैयाँ र बिक्रीदर ३८.३६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७० रुपैयाँ र बिक्रीदर ९.७५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.४० रुपैयाँ र बिक्रीदर ४५३.३५ रुपैयाँ कायम भएको छ ।