काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिडेटको छैठौं वार्षिक साधारण सभा डाकेको छ । फागुन १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।
उक्त सभा आगामी चैत १० गते भक्तपुर जगातीमा रहेको होटल भ्यु भक्तपुरमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियनकारी नियकाबाट कुनै निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित/डिमर्जर गर्ने प्रयोजनका लागि उपयुक्त संस्थाको पहिचान गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ । सभामा गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन तथा २०८१ असरा मसान्तसम्मको वासलात र गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा सोहि अवधिको अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २४ गतेसम्म कायम सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन सक्नेछन् ।