काठमाण्डौ । हालै अमेरिकी राष्ट्रपतिसँग तिखो बहसमा उत्रिएका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्की यतिबेला अमेरिकाप्रति नरम बनेका छन् । अमेरिकाबाट फर्किएर युरोपेली नेताहरुसँग भेटघाट गरेसँगै जलेन्स्की नरम देखिएका हुन् ।
यसैबीच जलेन्स्कीले अमेरिकासँगको सम्बन्ध सुर्धान आफू तयार रहेको बताएका छन् । उनले भने,‘ट्रम्पसँगको सम्बन्ध सुधार्न म तयार छु । तर अब छलफल बन्द कोठामा जारी राख्न आवश्यक छ । यदि सुरक्षाको प्रत्याभूति हुन्छ र युक्रेनलाई नाटोको सदस्यता प्रदान हुन्छ भने म पद छाड्न पनि तयार छु ।’
यस्तै उनले यो पनि प्रष्ट पारेका छन् की युक्रेन रुससँग शान्ति सम्झौतामा आफ्नो भू–भाग कुनैपनि हालतमा गुमाउन चाहदैन । जलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गर्न समेत तयार रहेको बताएका छन् ।
खनिज सम्झौतामा हस्ताक्षर गर्न गत शुक्रबार जलेन्स्की अमेरिका गएका थिए । जहाँ उनी र ट्रम्पबीच बाझाबाझको अवस्था सिर्जना भएको थियो । जसपश्चात जलेन्स्की सम्झौतामा हस्ताक्षर नगरिकनै युरोप प्रस्थान गरेका थिए ।