बिहीबार, श्रावण २१,२०८३ 07:35:41
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 07:35:41
Bizshala
Global IME Bank Limited

माथिल्लो राहुघाट जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

माथिल्लो राहुघाट जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा
New Office

काठमाण्डौ । माथिल्लो राहुघाट जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजना म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन रहेको छ । यसको उत्पादन क्षमता ४८.५ मेगावाट रहेको छ र यसको प्रवर्द्धक तुँदी पावर रहेको छ ।  

हाल आयोजनाको बाँध, विद्युत्‌गृह, सुरुङ, प्रसारण लाइन निर्माणले पूर्णता पाएको छ भने विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माण पक्षले सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम गरिरहेको जनाएको छ ।  

हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ भने विद्युत्‌गृहभित्र टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम पनि तीव्रताका साथ भइरहेको छ ।  

रघुगङ्गा(७ चिमखोलामा बाँध र रघुगङ्गा(४ दग्नामको फेदीमा विद्युत्‌गृह रहेको यस आयोजनाको सुरुङ ४ हजार ९ सय मिटर लामो छ । नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ ।

राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.