काठमाण्डौ । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै, एलजीले ग्राहकहरुलाई विशेष सेवा प्रदान गर्न "FREE AC SERVICE CAMP" सञ्चालनमा ल्याएको छ।
सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तरास्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै यहि फागुन २० गतेदेखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकहरुलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना अघि सारेको छ। यस योजनाअन्तर्गत ग्राहकहरुले कुनैपनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन्।
ग्राहकहरुले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो एसीको मूल्याङकन आँफै पनि गर्नसक्ने कम्पनीले जनाएको छ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरुले टोलफ्री नं १६६–००–१००–२११ वा ०१–५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनुपर्नेछ। रजिस्टरपश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन।यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस्मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ। साथै ग्राहकहरुले नयाँ एसीमा रु.४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन। यसका साथै, एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरुले वटा निःशुल्क सेवा कुपन पाउनेछन् । जसको मूल्य रु. ३००० सम्म हुनेछ।