काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.३३ रुपैयाँ र बिक्रीदर १३९.९३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.५० रुपैयाँ र बिक्रीदर १४०.१० रुपैयाँ कायम थियो ।
आज यूरो र पाउण्डको मूल्य भने बढेको छ । आज एक यूरो खरिददर १४६.५५ रुपैयाँ र बिक्रीदर १४७.१८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४५.७८ रुपैयाँ र बिक्रीदर १४६.४१ कायम थियो । आज एक पाउण्डको खरिददर १७७.१९ रुपैयाँ र बिक्रीदर १७७.९५ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७६.४७ रुपैयाँ र बिक्रीदर १७७.२३ रुपैयाँ कायम थियो ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.७३ रुपैयाँ र बिक्रीदर ८७.११ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९४ रुपैयाँ र बिक्रीदर ३८.१० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१६ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१९ रुपैयाँ र बिक्रीदर ३१.३३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२३ रुपैयाँ र बिक्रीदर ३८.३९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.४८ रुपैयाँ र बिक्रीदर ४५३.४२ रुपैयाँ कायम भएको छ ।