काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको फागुन २० गते बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।
बैंकको गत फागुन १५ गते सम्पन्न ३८ औँ वार्षिक साधारण सभाबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए । चारै जना संस्थापक समूहका तर्फबाट सञ्चालकमा निर्वाचित भएका थिए ।
यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे सञ्चालक पदमा निर्वाचित भएका थिए ।