शुक्रबार, श्रावण २२,२०८३ 01:49:23
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 01:49:23
Bizshala
Global IME Bank Limited

सरकारले सोध्यो कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण, हटाउने अन्तिम तयारी

सरकारले सोध्यो कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण, हटाउने अन्तिम तयारी
New Office

काठमाण्डौ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ ।  

बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण सोधेको हो । यसअघि पटक पटकको मन्त्रीस्तरीय प्रयास असफल भएपछि सिंगो सरकार नै कुलमानलाई हटाउने प्रक्रियामा अगाडि बढेको हो । 

एक मन्त्रीकाअनुसार कुलमानलाई पदबाट किन नहटाउने भन्दै पत्र लेखी ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।  

कुलमानले उर्जा मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता अनुसार भदौ महिनाभित्र बुझाइसक्नुपर्ने आवश्यक विवरण नबुझाएका र लामो समयदेखि मन्त्री तथा सरकारका मान्छेलाई नटेरेका आरोप खेप्दै आएका छन् । सम्झौताअनुसार कार्यसम्पादन विवरण नबुझाएका कुलमानलाई मन्त्रीले शून्य अंक दिएका थिए । 

तेस्रो वर्ष कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउनसक्ने व्यवस्था रहेको र त्यसमै टेकेर उनलाई पदबाट हटाउने अन्तिम तयारी थालिएको हो ।  

यसअघि उर्जा मन्त्रालयले घिसिङलाई दुईपटक स्पष्टीकरण सोधिसकेको छ । दुईपटक नै मन्त्रालय स्तरबाट कुलमानलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगे पनि त्यसलाई निर्णय प्रक्रियामा ल्याइएको थिएन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.