बुधबार, आश्विन २८,२०८३ 07:02:01
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 07:02:01
Bizshala
Global IME Bank Limited

जनउत्थान सामुदायिक लघुवित्तको १४ औ वार्षिक साधारण सभा सम्पन्न

Bizshala
जनउत्थान सामुदायिक लघुवित्तको १४ औ वार्षिक साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  

उक्त सभा शनिबार सञ्चालक समितिका अध्यक्ष डा. मानबहादुर वीके को अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले गरेका थिए ।

साधारण सभाको औपचारिक उद्घाटनसँगै संस्थाका सञ्चालक समितिका अध्यक्ष डा. मानबहादुर वीकेले वित्तीय संस्थाको सेवालाई दीगो बनाई राख्नका लागि रणनीतिक योजना (सन् २०२३–२०२८) मा परिमार्जन गरी सदस्य केन्द्रित कार्यक्रमहरु निर्माण गरी कार्यन्वयन गर्दै आईरहेको बताए ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उक्त कार्यक्रममा पूर्व अध्यक्ष तथा संस्थापक बाबुराम विश्वकर्मा, संस्थापक माधव प्रसाद नेपाल, संस्थापक रेवन्त बहादुर विश्वकर्मा, संस्थापक संस्था जनउत्थान प्रतिष्ठानका प्रतिनिधी रण बहादुर रम्तेल र सर्वसाधारण सेयरधनी पशुपती पाठक ले शुभकामना मन्तव्य राखेका थिए ।  

संस्थाको १४ औ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन,लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण,ईक्विटीमा भएको परिवर्तन लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै आव. २०८१/०८२ लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, सभाले विशेष प्रस्तावको रुपमा भविष्यमा अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने,गाभिने वा प्राप्तिसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलार्ई अधिकार प्रत्यायोजन गर्ने,पवन्धपत्रमा प्रस्तावित संसोधन,थपमा नियमनकारी निकायले फेरबदल,परिमार्जन वा संशोधन गर्न सुझाव वा निर्देशन दिएमा सोहीअनुसार आवश्यक परिमार्जन वा संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने,वित्तीय संस्थाको प्रबन्धपत्रमा संसोधनवा थप घट गर्ने प्रस्ताव समेत पारित गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X