IME remit
  • आईतवार, कार्तिक २,२०८२ 05:19:59
IME remit
Global IME Bank Limited

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्च २३% मात्रै

Hyundai Nepal
सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्च २३% मात्रै
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ आम्दानी गर्दा ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च गरेको छ । अर्थात यो अवधिसम्म सरकारको आम्दानीभन्दा १ खर्ब ५३ करोड ४७ लाख खर्च बढी खर्च गरेको छ ।

त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पूँजीगत खर्च वार्षिक विनियोजनको २३.३७ प्रतिशत मात्रै छ । सरकारले चालु आर्थिक वर्षका लागि पूँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म ८२ अर्ब ३३ करोड ६० लाखबराबर मात्रै खर्च भएको देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५.१२ प्रतिशत अर्थात ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाखबराबरको खर्च भएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

चालु शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१.२१ प्रतिशत अर्थात ५ खर्ब ८४ अर्ब १२ करोड ७८ लाखबराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७.०७ प्रतिशत अर्थात १ खर्ब ७२ अर्ब ८९ करोड २२ लाखबराबर खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाखबराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५०.२ प्रतिशत अर्थात ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाखबराबर असुली गरेको छ । जसमध्ये, कर राजस्वतर्फ १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९.७४ प्रतिशत अर्थात ६ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख सङ्कलन भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६०.३६ प्रतिशत अर्थात ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ ।

सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर छ । चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७.५१ प्रतिशत अर्थात ९ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.