काठमाण्डौ । भारतको सबैभन्दा ठूलो ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओइएम) बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। कम्पनीले सोमबारका दिन काठमाण्डौको भिवान्ता होटलमा एक कार्यक्रम आयोजना गर्दै एयर कुलरहरु सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी भए ।
कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माद्वारा गरिएको थियो। कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे।
बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य प्रदान गर्नका लागि परिचित छन् । बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ।
यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य, र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुऱ्याउने उद्देश्य राखेको छ र यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ ।
यो कार्यक्रम बर्लीको गुणस्तर, नवीनता र नेपाल बजारमा कम्पनीको भविष्यको योजनाहरूको प्रतिबद्धतालाई झल्काउने गरी भव्य रूपमा सम्पन्न भएको छ ।