बिहीबार, श्रावण २१,२०८३ 11:13:20
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 11:13:20
Bizshala
Global IME Bank Limited

एसइई परीक्षा आजदेखि, ५.१४ लाख विद्यार्थी सहभागी हुँदै

एसइई परीक्षा आजदेखि, ५.१४ लाख विद्यार्थी सहभागी हुँदै
New Office

काठमाण्डौ । चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । 

परीक्षा बिहान ८ बजेदेखी शुरू हुनेछ । यो वर्षको परीक्षामा देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् ।  

यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन् । यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष सबैभन्दा धेरै विद्यार्थी काठमाण्डौमा ३९ हजार ६ सय जना र सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन् ।

एसईई परीक्षा आगामी चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आउँदो असार ७ गतेभित्र निकाल्ने जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.