शुक्रबार, असार १९,२०८३ 11:40:50
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:40:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल फ्रेट फरवाड्स एशोसिएसनद्वारा तालिम सञ्चालन

Laxmi Sunrise Bank Limited
नेपाल फ्रेट फरवाड्स एशोसिएसनद्वारा तालिम सञ्चालन

काठमाण्डौ । नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवाड्स एशोसिएसन (नेफा) द्वारा हवाई सेवा मार्फत सुरक्षित तवरले मालबस्तू आयात/निर्यातका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, Flight Safety Standard Department को सम्बन्धन तथा स्वीकृतीमा “Competency Based Training and Assessment Centers Program - CBTA” प्रणालीमा नेपालमानै दोस्रो पटक "DGR 7.3.A: Personnel Responsible for Processing or Accepting Dangerous Goods Consignment - Initial" तालिम कार्यक्रम आयोजना गरेको छ । 

चैत्र ४ गते देखि ८ गतेसम्म ५ दिन सञ्चालित तालिम कार्यक्रममा नेपाली फ्रेट फरवार्डरस, संघका सदस्यहरु तथा लोजिष्टिक्स सेवा प्रदायकहरुका प्रतिनिधीहरु गरि २० जनाले सहभागिता जनाएका थिए । संघको तालिम कक्षमा संचालित यस कार्यक्रमलाई International Air Transport Association (IATA) को आधिकारीक तालिम केन्द्र, YKG Aviation Academy का प्रशिक्षकबाट प्रशिक्षण गरिएको थियो ।

New Office
CG Motors
Garima Development Bank

अन्तराष्ट्रिय मान्यता प्राप्त यस तालिम लिनका लागि विगतमा भारत वा अन्य विदेशी मुलुकमा जानु पर्ने बाध्यतालाई मध्यनजर गरि संघबाट नेपाल नागरिक उड्डयन प्राधिकरण, Flight Safety Standard Department को ऐन नियमलाई समेटी International Air Transport Association (IATA) तथा International Civil Aviation Organization - ICAO द्वारा निर्दिष्ट र UN Convention बाट पारित IATA Dangerous GOODS Regulation तालिम वि.सं २०७३ साल देखि संचालन गर्देै आएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल सम्म संघबाट नेपाल वायूसेवा निगम, विभिन्न आन्तरिक विमान संचालक, सुरक्षा निकाय तथा कार्गो व्यवसायीहरु समेत गरि ६० भन्दा बढि दक्ष जनशक्ति नेपालमा नै उत्पादन गरिसकेको छ । यस तालिम कार्यक्रमले खतराजन्य पदार्थ आयात/निर्यात गर्दा हवाई सुरक्षामा सहज हुने, विश्वव्यापी नियम तथा मापदण्डहरु अनुरुप नेपाली उड्डयन क्षेत्रमा दक्ष जनशक्ति प्राप्त गर्ने र विषेश गरि नेपाली विमानस्थल तथा उड्डयनको सुरक्षाको विषयमा अन्र्तराष्ट्रिय क्षेत्रमा समय समयमा उठने प्रश्नहरुको प्रतिउत्तर प्रदान गर्न सहज हुनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.