बिहीबार, श्रावण २१,२०८३ 11:14:02
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 11:14:02
Bizshala
Global IME Bank Limited

विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएर प्रधानमन्त्रीको सालोलाई नियुक्ति

विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएर प्रधानमन्त्रीको सालोलाई नियुक्ति
New Office

काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ ।  

योसँगै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति दिइएको छ । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गर्दै शाक्यलाई नियुक्ति दिने निर्णय गरेको एक मन्त्रीले बिजशालालाई जानकारी दिए । यसअघि २०७७ माघ २७ गते हितेन्द्रदेव शाक्य नै प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । कुलमान घिसिङको पहिलो कार्यकाल सकिएपछि शाक्यलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । तर, प्रमुख कार्यकारी निर्देशकको रुपमा नियुक्त शाक्यले केही महिना मात्र काम गर्न पाएका थिए । २०७८ साउन तेश्रो साता पुनः तत्कालीन सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद(सचिव)सरहको पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गर्दै प्राधिकरणमा भने दोश्रो पटक कुलमानलाई नै ल्याइएको थियो । 

प्राधिकरणको नयाँ कार्यकारी निर्देशक बनाइएका हितेन्द्रदेव शाक्य नाताले प्रधानमन्त्री केपी शर्मा ओलीको सालो पर्छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.