बुधबार, चैत्र २०,२०८१ 01:11:54
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:11:54
IME remit
Global IME Bank Limited

विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएर प्रधानमन्त्रीको सालोलाई नियुक्ति

Hyundai Nepal
विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएर प्रधानमन्त्रीको सालोलाई नियुक्ति
Nabil Bank Limited

काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ ।  

योसँगै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति दिइएको छ । 

Shivam Cement
Bizshala
CG Motors

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गर्दै शाक्यलाई नियुक्ति दिने निर्णय गरेको एक मन्त्रीले बिजशालालाई जानकारी दिए । यसअघि २०७७ माघ २७ गते हितेन्द्रदेव शाक्य नै प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । कुलमान घिसिङको पहिलो कार्यकाल सकिएपछि शाक्यलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । तर, प्रमुख कार्यकारी निर्देशकको रुपमा नियुक्त शाक्यले केही महिना मात्र काम गर्न पाएका थिए । २०७८ साउन तेश्रो साता पुनः तत्कालीन सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद(सचिव)सरहको पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गर्दै प्राधिकरणमा भने दोश्रो पटक कुलमानलाई नै ल्याइएको थियो । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राधिकरणको नयाँ कार्यकारी निर्देशक बनाइएका हितेन्द्रदेव शाक्य नाताले प्रधानमन्त्री केपी शर्मा ओलीको सालो पर्छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.