बुधबार, चैत्र २०,२०८१ 12:57:50
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:57:50
IME remit
Global IME Bank Limited

इटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार

Hyundai Nepal
इटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार
Nabil Bank Limited

काठमाण्डौ । कोशी प्रदेशको इटहरीस्थित मुख्य चौकमै रहेको एक व्यवसायिक भवनमा आगलागी भइरहेको छ । सो आगलागीमा परी केही मानिसहरु फसेका र उनीहरुको उद्धार कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।  

इटहरीको मुख्य चौकमै रहेको सेन्ट्रल प्लाजामा बिहान ९ः३० बजेदेखि आगलागी भएको हो । 

Shivam Cement
Bizshala
CG Motors

सो १० तलाको सो भवनको पाँचौ तलामा एक्कासी आगलागी भएको बताइएको छ । घटनालगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले उद्धार टोली परिचालन गरी भवनमै फसेकाहरुको उद्धार गरिरहेका छन् ।  

स्थानीय सञ्चारकर्मीहरुका अनुसार सो भवनको सातौं, आठौं र नवौं तलामा बरण्डा होटल सञ्चालनमा छ । त्यहाँ क्यूएफएक्स मुभी थिएटर लगायत पनि सञ्चालनमा थिए । भवनबाट ११ जनाको उद्धार भइसके पनि अझै बाँकी रहेका वा नरहेका यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिहानको समय भएकोले अन्य पसलहहरुमा भने अपरान्ह र बेलुकाको जस्तो मानिसहरु थिएनन् ।  

सशस्त्र प्रहरीले डोरीको सहायताबाट भवनमा फसेका ५ जनाको उद्धार गरिसकेको छ । थप मानिसहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । हालसम्म ११ जनाको उद्धार भइसकेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.