बिहीबार, श्रावण २१,२०८३ 11:14:04
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 11:14:04
Bizshala
Global IME Bank Limited

इटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार

इटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार
New Office

काठमाण्डौ । कोशी प्रदेशको इटहरीस्थित मुख्य चौकमै रहेको एक व्यवसायिक भवनमा आगलागी भइरहेको छ । सो आगलागीमा परी केही मानिसहरु फसेका र उनीहरुको उद्धार कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।  

इटहरीको मुख्य चौकमै रहेको सेन्ट्रल प्लाजामा बिहान ९ः३० बजेदेखि आगलागी भएको हो । 

सो १० तलाको सो भवनको पाँचौ तलामा एक्कासी आगलागी भएको बताइएको छ । घटनालगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले उद्धार टोली परिचालन गरी भवनमै फसेकाहरुको उद्धार गरिरहेका छन् ।  

स्थानीय सञ्चारकर्मीहरुका अनुसार सो भवनको सातौं, आठौं र नवौं तलामा बरण्डा होटल सञ्चालनमा छ । त्यहाँ क्यूएफएक्स मुभी थिएटर लगायत पनि सञ्चालनमा थिए । भवनबाट ११ जनाको उद्धार भइसके पनि अझै बाँकी रहेका वा नरहेका यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । 

बिहानको समय भएकोले अन्य पसलहहरुमा भने अपरान्ह र बेलुकाको जस्तो मानिसहरु थिएनन् ।  

सशस्त्र प्रहरीले डोरीको सहायताबाट भवनमा फसेका ५ जनाको उद्धार गरिसकेको छ । थप मानिसहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । हालसम्म ११ जनाको उद्धार भइसकेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.