काठमाण्डौ । राजावादी प्रदर्शनकारी र प्रहरीबीच काठमाण्डौको तीनकुनेमा झडप सुरु भएको छ ।
प्रदर्शनकारीहरुले प्रहरीलाई ढुंगा हानिरहेका छन् भने प्रहरीले ठूलो संख्या टियरग्याँस प्रहार गरिरहेको छ ।
अहिले तीनकुनेको अवस्था तनावग्रस्त बन्न पुगेको छ । घटनाले हिंसात्मक मोड लिनसक्ने खतरा देखिएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।
राजावादी प्रदर्शनकारीहरु पुनः तीनकुनेबाट निषेधित क्षेत्र मानिएको बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीसँग झडप हुन पुगेको हो ।
