बिहीबार, श्रावण २१,२०८३ 11:13:23
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 11:13:23
Bizshala
Global IME Bank Limited

तीनकुनेमा फेरि झडप, दुर्गा प्रसाईंलाई पनि टेरेनन् प्रदर्शनकारीले

तीनकुनेमा फेरि झडप, दुर्गा प्रसाईंलाई पनि टेरेनन् प्रदर्शनकारीले
New Office

काठमाण्डौ । दुर्गा प्रसाईंले कमान सम्हालेपछि राजावादीको प्रदर्शन केही सम्हालिए पनि फेरि तीनकुने क्षेत्रमै झडप भएको छ ।  

राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले बिथोलिइसकेको कार्यक्रमको स्टेजमा चढेर भाषण गर्न थालेपछि यत्रतत्र छरिएका प्रदर्शनकारीहरु सम्हालिएका थिए । तर फेरि प्रदर्शनकारीहरु बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको हो । 

अहिले तीनकुनेस्थित कार्यक्रमस्थलमा दुर्गा प्रसाईले प्रदर्शनकारीहरुलाई कार्यक्रममा फर्कन र संयमित हुन आह्वान गरिरहेका छन् भने युवा प्रदर्शनकारीहरु बानेश्वरतर्फ अगाडि बढ्न प्रहरीमाथि ढुंगा इँटा प्रहार गरिरहेका छन् ।  

 

कमाण्डर प्रसाईंले सुरक्षाकर्मीहरुलाई समेत संयमित हुन आग्रह गरिरहेका छन् । प्रहरीहरु पनि ढुंगामूडा रोक्न टियरग्याँस र पानीको फोहोरा प्रहार गरिरहेका छन् ।  

प्रसाईले आन्दोलनकारीलाई संयमित हुन भनिरहेको बेला तीनकुनेको तनावग्रस्त अवस्था अझै साम्य हुन सकेको छैन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.