काठमाण्डौ । दुर्गा प्रसाईंले कमान सम्हालेपछि राजावादीको प्रदर्शन केही सम्हालिए पनि फेरि तीनकुने क्षेत्रमै झडप भएको छ ।
राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले बिथोलिइसकेको कार्यक्रमको स्टेजमा चढेर भाषण गर्न थालेपछि यत्रतत्र छरिएका प्रदर्शनकारीहरु सम्हालिएका थिए । तर फेरि प्रदर्शनकारीहरु बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।
अहिले तीनकुनेस्थित कार्यक्रमस्थलमा दुर्गा प्रसाईले प्रदर्शनकारीहरुलाई कार्यक्रममा फर्कन र संयमित हुन आह्वान गरिरहेका छन् भने युवा प्रदर्शनकारीहरु बानेश्वरतर्फ अगाडि बढ्न प्रहरीमाथि ढुंगा इँटा प्रहार गरिरहेका छन् ।

कमाण्डर प्रसाईंले सुरक्षाकर्मीहरुलाई समेत संयमित हुन आग्रह गरिरहेका छन् । प्रहरीहरु पनि ढुंगामूडा रोक्न टियरग्याँस र पानीको फोहोरा प्रहार गरिरहेका छन् ।
प्रसाईले आन्दोलनकारीलाई संयमित हुन भनिरहेको बेला तीनकुनेको तनावग्रस्त अवस्था अझै साम्य हुन सकेको छैन ।