बिहीबार, श्रावण २१,२०८३ 11:13:21
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 11:13:21
Bizshala
Global IME Bank Limited

आगो लागेको भवनका मालिक भन्छन्-'प्रहरीको टियर ग्याँसका कारण यस्तो भएको रहेछ'

आगो लागेको भवनका मालिक भन्छन्-'प्रहरीको टियर ग्याँसका कारण यस्तो भएको रहेछ'
New Office

काठमाण्डौ । शुक्रबार राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीको तारो बनी आगलागीका कारण क्षतिग्रस्त बनेको काठमाण्डौको तीनकुनस्थित भवनका मालिक तथा सञ्चालकले सो घटनामा प्रहरीको कमजोरी रहेको औंल्याएका छन् । 

तीनकुनेमा भीषण आगलागीमा परी क्षतिग्रस्त बनेको भवनका मालिक तथा एक सहकारीका सञ्चालक समेत रहेका प्रेमबहादुर श्रेष्ठले प्रहरीले प्रहार गरेको टियर ग्यासका कारण आगलागी सुरु भएको दाबी गरेका छन् । 

'मैले प्रहरीले प्रहार गरेको टियर ग्याँसपछि आगो उठेको सुनेको भएर यहाँ आइपुगेको हुँ ।' प्रहरीको वारुणयन्त्रले आगो नियन्त्रणमा लिइसकेपछि घटनास्थल पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने-'मैले २ करोड ५० लाख रुपैयाँमा केही वर्षअघि मात्र खरीद गरेको घर हो । अब त ध्वस्त बनाइदिएछन्।'

उनले घटनामा आफ्नो ठूलो क्षति भएको भन्दै क्षतिपूर्तिको माग गरेका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.