IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 02:00:00
IME remit
Global IME Bank Limited

तीनकुनेमा निषेधाज्ञा, समाजवादीको पार्टी कार्यालयदेखि भाटभटेनीसम्म तोडफोड

Hyundai Nepal
तीनकुनेमा निषेधाज्ञा, समाजवादीको पार्टी कार्यालयदेखि भाटभटेनीसम्म तोडफोड
Nabil Bank Limited

काठमाण्डौ । तीनकुने क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।  

प्रहरीले राजावादीको प्रदर्शनले उग्र रुप लिई गोली नै चलाउनुपर्ने अवस्था आएपछि स्थितिलाई थप बिग्रन नदिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिएका छन् । 

Shivam Cement
Bizshala
CG Motors

आज तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरिरहेका राजावादीहरु निषेधित क्षेत्र अर्थात बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि पटक पटक झडप भइसकेको छ । सो क्रममा एकदर्जन बढी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई गोली लागेको बताइएको छ । अवस्था निकै तनावपूर्ण बनेको छ ।  

प्रदर्शनकारी र प्रहरीको तारो बनेको तीनकिनेका केही व्यापारिक तथा निजी महलहरु क्षतविक्षत भएका छन् । एउटा घरमा भीषण आगलागी भएको छ ।  

यस्तै, तीनकुनेबाट कार्यक्रम गर्न नदिई लखेटिएका राजावादीहरुले भित्री सडकहरुमा सरकारी नम्बरप्लेटका गाडीहरु जलाएका छन् । एउटा समूहले आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड गरेका छन् । कार्यालयभित्रका फर्निचर तथा कागजपत्र बाहिर ल्याएर आगजनी समेत गरिदिएका छन् ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अराजक एक समूहले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड गरेको छ ।  

तीनकुनेस्थित  अन्नपूर्णपोष्टको कार्यालयमा आगजनीको प्रयास भएको समेत दाबी गरिएको छ ।  

राजावादीहरुले ओली र उनी निकट तथा उनका सद्भाव पाएका मिडिया उद्यमी, व्यवसायिक घराना लगायतलाई छानी छानी प्रहार गरेका देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X