शुक्रबार, असार १९,२०८३ 09:46:05
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 09:46:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौका यी क्षेत्रमा आवतजावत गर्न नमिल्ने, राति १० बजेसम्म कफ्र्यू

Laxmi Sunrise Bank Limited
काठमाण्डौका यी क्षेत्रमा आवतजावत गर्न नमिल्ने, राति १० बजेसम्म कफ्र्यू

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौको तीनकुने र आसपासको केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत आज अपरान्ह ४ः२५ बजेदेखि राति १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कफ्र्यू आदेश जारी गरेको हो । 

New Office
CG Motors
Garima Development Bank

बानेश्वर तीनकुने क्षेत्रलाई मुख्य कफ्र्यू लाग्ने क्षेत्र तोकी त्यसका चारकिल्लामा समेत सोही आदेश लागू हुने बताइएको छ । जसअनुसार गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, बानेश्वर चोकदेखि शंकमूल पुलसम्म तथा गौशाला चौकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चौकसम्म कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनाएका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी स्थानहरुमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.