काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले काभ्रेबाट काठमाण्डौ उपत्यका प्रवेश गर्ने सवारी साधनलाई पूर्ण रुपमा रोक लगाएको छ । प्रहरीले साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा आवागमनमा रोक लगाएको हो ।
यससँगै बिपी राजमार्ग हुँदै काठमाण्डौ हिंडेका गाडीलाई भकुन्डेबेशीमा र अरनिको राजमार्ग हुँदै काठमाण्डौ आएका सवारी साधनहरुलाई पाँचखालमा होल्ड गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।