शनिबार, श्रावण २,२०८३ 03:55:34
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 03:55:34
Bizshala
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा
New Office

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २० गते का लागि साधारण सभा डाकेको हो ।  

उक्त सभामा सेयरधनीहरुका लागि कुनै पनि प्रकारको लाभांशको अजेण्डा राखिएको छैन । सभामा, साधारण सभाको निर्णयमा नियमनकारी नियकाबाट कुनै भाषिक संशोधन गर्न वा  कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।  

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल र एनआइएबीएल स्टक मार्केट्सको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंकले आगामी फागुन २४ गतेदेखि साधारण सभाको मितिसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.