बिहीबार, श्रावण २१,२०८३ 11:13:13
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 11:13:13
Bizshala
Global IME Bank Limited

पक्राउ परिने डरले दुर्गा प्रसाई फरार, प्रहरीको खोतलास तीव्र

पक्राउ परिने डरले दुर्गा प्रसाई फरार, प्रहरीको खोतलास तीव्र
New Office

काठमाण्डौ । राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाईं प्रहरीको आँखा छलेर एकाएक सम्पर्कविहीन भएका छन् ।  

उनको नेतृत्व शुक्रबार काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । सो क्रममा प्रहरीको गोली लागी एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो भने तीनकुनेको घरमा भएको आगलागीमा फोटो पत्रकार सुरेश रजक मारिएका थिए । दर्जनौ घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ । 

शुक्रबारको यो अराजक घटना र हिंसाको मुख्य कारक दुर्गा प्रसाई भएको निश्कर्ष निकाल्दै गृहमन्त्रालयले उनलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएलगत्तै प्रहरीको टोली भक्तपुरस्थित उनको निवासमा पुगेको छ । तर, उनलाई घरमा नभेटिएका प्रहरी स्रोतले जानकारी दिएको छ ।  

प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन भएको बुझिएको छ ।  

प्रहरी भक्तपुरस्थित प्रसाईको घर पुग्दा उनी त्यहाँ थिएनन् । उनी प्रहरी आउने पूर्वसूचना पाएलगत्तै कतै भागेका हुनसक्ने आशंका गरिएको छ । 

प्रहरीले आफ्ना विभिन्न सम्पर्कसूत्रमार्फत प्रसाईंको खोजीलाई तीव्र बनाएको छ ।  

प्रहरी पुग्नुअघि प्रसाईंले फेसबुकमार्फत एक सन्देश अपलोड गरेका थिए । जहाँ उनले आजको प्रदर्शनमा सरकारले एक युवकको हत्या गरेको आरोप लगाएका छन् । उनले आफूलाई पक्राउ गर्न लागिएको सूचना आएको र आफू प्रहरीले जहाँ बोलाउँछ, त्यही जाने भनेका थिए । तर प्रहरी आइनपुग्दै प्रसाईं फरार रहेका बुझिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.