सोमबार, चैत्र १८,२०८१ 17:12:13
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 10:57:12
IME remit
Global IME Bank Limited

पक्राउ परिने डरले दुर्गा प्रसाई फरार, प्रहरीको खोतलास तीव्र

Hyundai Nepal
पक्राउ परिने डरले दुर्गा प्रसाई फरार, प्रहरीको खोतलास तीव्र
Nabil Bank Limited

काठमाण्डौ । राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाईं प्रहरीको आँखा छलेर एकाएक सम्पर्कविहीन भएका छन् ।  

उनको नेतृत्व शुक्रबार काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । सो क्रममा प्रहरीको गोली लागी एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो भने तीनकुनेको घरमा भएको आगलागीमा फोटो पत्रकार सुरेश रजक मारिएका थिए । दर्जनौ घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ । 

Shivam Cement
Bizshala
CG Motors

शुक्रबारको यो अराजक घटना र हिंसाको मुख्य कारक दुर्गा प्रसाई भएको निश्कर्ष निकाल्दै गृहमन्त्रालयले उनलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएलगत्तै प्रहरीको टोली भक्तपुरस्थित उनको निवासमा पुगेको छ । तर, उनलाई घरमा नभेटिएका प्रहरी स्रोतले जानकारी दिएको छ ।  

प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन भएको बुझिएको छ ।  

प्रहरी भक्तपुरस्थित प्रसाईको घर पुग्दा उनी त्यहाँ थिएनन् । उनी प्रहरी आउने पूर्वसूचना पाएलगत्तै कतै भागेका हुनसक्ने आशंका गरिएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रहरीले आफ्ना विभिन्न सम्पर्कसूत्रमार्फत प्रसाईंको खोजीलाई तीव्र बनाएको छ ।  

प्रहरी पुग्नुअघि प्रसाईंले फेसबुकमार्फत एक सन्देश अपलोड गरेका थिए । जहाँ उनले आजको प्रदर्शनमा सरकारले एक युवकको हत्या गरेको आरोप लगाएका छन् । उनले आफूलाई पक्राउ गर्न लागिएको सूचना आएको र आफू प्रहरीले जहाँ बोलाउँछ, त्यही जाने भनेका थिए । तर प्रहरी आइनपुग्दै प्रसाईं फरार रहेका बुझिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.