काठमाण्डौ। नेपाल कुरियर सेवासंघ (कोसान)ले तिनकुने क्षेत्रमा राजावादी समुहले आयोजना गरेको विरोध कार्यक्रमको क्रममा भएको ढुङ्गामुढा तथा आगजनीमा परि ३ वटा कुरियर कम्पनीहरुमा भएको क्षतीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
संघले आज एक विज्ञप्ति जारी गर्दै सबै निति नियमको परिपालना गरि सञ्चालनमा रहेको कुरियर व्यवसायीप्रति देखिएको यस किसिमको गतिविधिप्रति घोर विरोध गरेको छ।
यस प्रकारको गतिविधिले निजि क्षेत्र निरुत्साहित हुने बताउँदै संघले भनेको छ, ‘राजनितिक विरोधको नाममा भएको यस किसिमको ढुङ्गामुढा, आगजनी तथा तोडफोडबाट भएको क्षतिले निजि क्षेत्र निरुत्साहित हुनुको साथै व्यक्तीको निजि सम्पतीको लुटपाट गर्नुको साथै यस किसिमको हर्कत गर्ने कुनैपनि समुह तथा राजनैतिक दलप्रति यससंघ खेद प्रकट गर्दछ।हुलदङ्गाले व्यवसायिक वातावरण खल्वलिनुको साथै राजनिती प्रति जनतामा वितृस्णा हुनगई राज्यले गम्भिर समस्या भोग्ने देखिन्छ।’
त्यस्तै, संघले तोडफोड तथा आगजनीको घटनामा संलग्न समुह तथा व्यक्तिको खोजि गरि कानून अनुसार सख्त कार्वाही गर्न आग्रह गरेको छ।
यसका साथै, कुरियर व्यवसायीहरुको क्षतिको मुल्याङ्कन गरि क्षतिपुर्तीको व्यवस्था गर्न समेत सरकार समक्ष माग गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।