बिहीबार, श्रावण २१,२०८३ 09:55:59
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:55:59
Bizshala
Global IME Bank Limited

राप्रपाका नेता राणा र मिश्रसहित ४१ जनालाई ५ दिन थप हिरासतमा राख्न अनुमति, स्वागत नेपाल रिहा

राप्रपाका नेता राणा र मिश्रसहित ४१ जनालाई ५ दिन थप हिरासतमा राख्न  अनुमति, स्वागत नेपाल रिहा
New Office

काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शनमा दोषी भनी पक्राउ गरिएका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  

जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले राणा र मिश्रसहित ११ जनालाई थप ५ दिन हिरासमा राखी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको हो । 

राणा र मिश्रलाई चैत १५ गते राति नै सो तीनकुने घटनाका घाइतेहरुलाई अस्पतालमा गएर भेटिरहेको क्रममा प्रहरीले पक्राउ गरेको थियो । बाँकीलाई सोही रात राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।  उनीहरुविरुद्ध राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

यस्तै, अदालतले पक्राउ परेका अन्य ३० जनालाई चाहिँ आपराधिक उपद्रवसम्बन्धी अपराधमा ५ दिन हिरासतको अवधि थप्न अनुमति दिएको छ । 

चैत १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शन भड्किएर हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । तीनकुने क्षेत्रका दर्जनौ निजी घर, पसल, व्यवसायिक मल, रेष्टुरा, सञ्चारगृह लगायतमा तोडफोड र आगजनी भएको थियो । अराजक समूहले राजधानीका विभिन्न स्थानका सरकारी कार्यालय, एकीकृत समावादीको पार्टी कार्यालय, सरकारी तथा निजी सवारी साधनमा समेत तोडफोड र आगजनी गरेको थियो ।  

यसैबीच, राजावादी आन्दोलनका प्रवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता स्वागत नेपाललाई भने प्रहरीले आज छाडेको छ । तीनकुने घटनामा उनको संलग्नता नदेखिएको र त्यहाँको प्रदर्शनमा सहभागी भएको प्रमाण समेत नभेटिएको भन्दै उनलाई छाडिएको हो । नेपाललाई पनि तीनकुने घटनाका घाइतेलाई भेट्ने क्रममै प्रहरीले चैत १५ गते राति नै पक्राउ गरेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.