काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरूले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।
इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो । यो बिहान प्रार्थना सँगै सुरु हुन्छ । मस्जिदमा जाँदा नयाँ लुगा लगाएर जाने चलन छ। त्यसैगरी गुलियो खानेकुरा, खजुर वा मिठाई खाइन्छ। र, तकबिर भनिने एउटा छोटो प्रार्थना गरिन्छ।
ईदको प्रार्थनाभन्दा पहिले मुस्लिमहरूले जकात अल(फित्र) पनि भनिने अनिवार्य दान गर्नुपर्छ। गरिबहरूलाई भोजनका निम्ति जकात दान गर्ने प्रचलन छ।
पाको उमेरका श्रद्धालुहरूले परिवारका केटाकेटी वा आफूभन्दा कम उमेरका सदस्यलाई ईदी भनेर पैसा पनि दिने गर्छन्।
सरकारले आज इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्र(इद(को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो एक सूचना जारी गर्दै इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।