बिहीबार, आश्विन १५,२०८३ 12:01:28
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 12:01:28
Bizshala
Global IME Bank Limited

सबै देशमाथि यसै सातादेखि नयाँ ट्यारिफ लगाउने ट्रम्पको घोषणा, एशियाली सेयरबजारमा भारी गिरावट

Bizshala
सबै देशमाथि यसै सातादेखि नयाँ ट्यारिफ लगाउने ट्रम्पको घोषणा, एशियाली सेयरबजारमा भारी गिरावट
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै सातादेखि लागू हुने नयाँ कर सबै देशका लागि लागू हुने बताएका छन् । बुधबारदेखि ठूलो मात्रामा नयाँ आयात शुल्क सुरु गर्न लागिएको बेला ट्रम्पको यस्तो बयान सार्वजनिक भएको हो । जसलाई उनले ‘अमेरिकाको मुक्ति दिवस’ को नाम दिएका छन्। यी नयाँ महशुलहरू पहिले नै लागू भइसकेका शुल्कहरू बाहेक थप गरिनेछ। अमेरिकाले पहिले नै आल्मुनियम, स्टिल र सवारीसाधनमा कर लगाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै चीनबाट आउने सबै उत्पादनमा पनि उच्च महसुल लगाइएको छ ।‘ट्यारिफको निर्णय सबै देशहरूका लागि सुरु गर्नेछौं।’ ट्रम्पले भने । ट्रम्पले आफ्नो सरकार अन्य देशहरूको तुलनामा बढी उदार र दयालु भएको समेत दाबी गरे ।  

गत साता ट्रम्पले केही मात्रामा ट्यारिफ घटाउन सक्ने संकेत गरेका थिए । ट्रम्प प्रशासनका आर्थिक सल्लाहकार केभिन ह्यासेटले यी शुल्कहरू मुख्यतया अमेरिकासँग सबैभन्दा बढी व्यापार घाटा भएका १० देखि १५ देशहरूमा लागू हुने बताएका थिए । तर उनले ती देशहरूको नाम भने खुलाएका छैनन् ।  

यी शुल्कहरूले अमेरिकालाई अनुचित व्यापार प्रतिस्पर्धाबाट जोगाउन र राम्रो व्यापार सम्झौताहरू हासिल गर्न मद्दत गर्ने ट्रम्पको विश्वास छ।  

ट्रम्पको यो घोषणापछि सोमबार एशियाको सेयर बजारमा गिरावट देखिएको छ । आज जापानको सेयर बजार निक्की२२५ ्रइन्डेक्स ४.०५ प्रतिशत अर्थात १ हजार ५०२ अंकले ओरालो लागेको छ । दक्षिण कोरियाको सेयर बजार पनि आज ३ प्रतिशतले घटेर २ हजार ४८१ विन्दुमा खुम्चिएको छ । चीनको सीएसआई ३०० इन्डेक्स पनि ०.७१ प्रतिशतले झरेको छ ।  

यस्तै हङकङको हाङसेङ इन्डेक्स पनि १.३१ प्रतिशतले घटेको छ । आज भारतको सेयरबजार सार्वजनिक बिदाका कारण बन्द छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.