बिहीबार, श्रावण २१,२०८३ 09:58:31
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:58:31
Bizshala
Global IME Bank Limited

डिजल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोलको यथावत

डिजल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोलको यथावत
New Office

काठमाण्डौ । डिजल र हवाई इन्धनको मूल्य घटेको छ ।

नेपाल आयल निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी डिजल र हवाई इन्धनको मूल्य घटाएको हो ।  

निगमले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

जारी एक विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसन(आईओसी)बाट पेट्रोलको मूल्य प्रतिलिटरमा ४५ पैसा बढेर आएको थियो भने डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो । स्वचालित मूल्य प्रणालीअनुसार बढेर आए पनि पेट्रोलको मूल्य नबढाइएको र डिजल तथा मट्टितेलको मूल्य मात्र घटाइएको हो ।  

नयाँ मूल्यसूचीअनुसार काठमाण्डौंमा डिजलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । 

यसैगरी, निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटरमा अमेरिकी डलर ५१ ले मूल्य समायोजन भएको हो । 

निगमकाअनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको  छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.