काठमाण्डौ । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । सोहीअनुसार संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।