काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आव २०७९/८० का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद(कर प्रयोजनका लागि)गरी कुल ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि आवका लागि वितरण गरिएको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।