शनिबार, असार १४,२०८२ 04:00:06
  • शनिबार, असार १४,२०८२ 04:00:06
Global IME Bank Limited

अमेरिकी ट्यारिफका कारण एशियाली अटो निर्माता कम्पनीहरुको सेयरमूल्यमा व्यापक गिरावट

Hyundai Nepal
अमेरिकी ट्यारिफका कारण एशियाली अटो निर्माता कम्पनीहरुको सेयरमूल्यमा व्यापक गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी अटो निर्माता कम्पनीहरुलाई नयाँ ट्यारिफ लगाउने घोषणा गरेसँगै एशियाली अटो कम्पनीहरुमाथि दबाब सिर्जाना भएको छ । ट्रम्पको निर्णयका कारण एशियाली अटो निर्माता कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट आएको छ ।  

जापानी निर्माता टोयोटाको सेयरमूल्य तीनवटा सत्रमा ९.४ प्रतिशतले घटेको छ । यस्तै निस्सानको ९.३ र दक्षिण कोरियाको हुन्डाईको ११.२ प्रतिशतले घटेको छ । ट्रम्पको निर्णयका कारण जापानी कम्पनीहरु धेरै प्रभावित हुने जनाइएको छ । मुख्यतःजापानको दिग्गज कम्पनी टोयोटा यसबारे विशेष पभावित हुने जनाइएको छ । एशियाबाट अमेरिकामा सबैभन्दा धेरै सवारी साधन बिक्री गर्नेमा टोयोटा पहिलो स्थानमा रहेको छ । सन् २०२४ मा कम्पनीले १९ लाख ८० हजार युनिट कार सवारी बिक्री गरेको थियो । कम्पनीले घरेलु ब्राण्ड फोर्ड र चेभ्रोलेटलाई समेत पछि पारेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

जापानकै कम्पनीहरु निस्सान र होन्डा पनि क्रमशःसूचीको चौथो र पाचौं स्थानमा छन् । यस्तै दक्षिण कोरियाली कम्पनी हुन्डाई छैठौं र किया सातौं स्थानमा छन् ।  

अमेरिकाले सन् २०२४ मा ४ खर्ब ७४ अर्ब डलरबराबरको अटोसम्बन्धी प्रडक्टहरु आयात गरेको थियो । यसमा प्यासेन्जर कारको मूल्य २ खर्ब २० अर्ब डलर रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.