काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाले गत आव २०७९/८० का लागि ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।