शुक्रबार, श्रावण २२,२०८३ 11:53:56
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 11:53:56
Bizshala
Global IME Bank Limited

नयाँ स्टक एक्सचेञ्ज तत्कालै आउने छैन छाँटकाँट , कमोडिटिज बजार पनि अन्यौलमा

नयाँ स्टक एक्सचेञ्ज तत्कालै आउने छैन छाँटकाँट , कमोडिटिज बजार पनि अन्यौलमा
New Office

काठमाण्डौ। लामो समयदेखि चर्चामा रहेको नयाँ स्टक एक्सचेञ्ज तत्काल आउने सम्भवना टर्दै गएको छ । नयाँ स्टक एक्सचेञ्जको बिषय केही समय पहिले धितोपत्र बोर्डको सञ्चालक समितिले नै रोक्न भनेको थियो । बोर्डस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार खासगरि नयाँ स्टक एक्सचेञ्जको बिषयमा अध्ययन समितिल तयार पारेको प्रतिवेदनमा चिन्तामणी सिवाकोटिले यसअघि बुझाएको प्रतिवेदनकै विषयहरुमा हालको स्टक एक्सचेञ्जको पूँजी संरचनाको वृद्धि र स्तरउन्नती गर्दै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने बिषय समेटिएको छ । 

यसकारण पनि हालको स्टक एक्सचेञ्जको पुनर्संरचना नगरि नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अघि बढ्न सम्भव नै नरहेको स्रोतले दाबी गर्यो । अघिल्लो साता अदालतबाट प्रक्रिया अघि बढाउन बाटो खुलेता पनि अर्थमन्त्रालयका अधिकारीहरु र धितोपत्र बोर्डकै कर्मचारीहरु पनि नयाँ स्टक एक्सचेञ्जको विषयमा अनिच्छुक रहेका कारण पनि नयाँ स्टक एक्सचेञ्जको विषय अघि बढ्न नसकेको स्रोतको दाबी रहेको छ ।

यसै विषयलाई लिएर एक कर्मचारीले राजीनामा दिइ सके भने अन्य पनि यो प्रकृया अघि बढेमा जागिर नै छोड्ने तरखरमा रहेका छन् ।  

केही समय पहिले अख्तियारले धितोपत्र बोर्डका केही कर्मचारीहरुलाई बोलाएपछि बोर्डका कर्मचारी नयाँ स्टक एक्सचेञ्जको फाइल नै अघि बढाउन तयार नभएका हुन् ।  

यसैगरि धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेञ्जको काम अघि नबढ्दा कमोडिटिज बजार पनि लामो देखि अन्यौलमा परेको छ । धितोपत्र बोर्डले २०७३ सालमा नै विनियामली तयार पारेको थियो । तर अहिलेसम्म पनि यस विषयमा केही प्रकृया अघि बढ्न सकेको छैन । ततकालिन बोर्ड अध्यक्ष रमेश कुमार हमालले यस विषयमा केही चासो दिएका थिए । तर स्टक एक्सचेञ्जको काम रोकिएपछि उनी पनि कमोडिटिज बजारलाई अघि बढाउन जागरुक भएनन् ।

हाल नेपालमा लगानीकर्ताहरुलाई इक्विटी खरिद–बिक्री बाहेक अन्य कुनै खरिद बिक्रीको अवसर रहेको छैन । यदि कमोडिटिज बजार कारोबारमा आएमा लगानीकर्ताले सुन, कच्चा तेल , कफी तथा अन्य वस्तुहरुको किनबेच गर्न सम्भव हुने थियो । तर धितोपत्र बोर्डले यस विषयमा खासै कुने पनि प्रक्रिया लामो समयदेखि अगाडि नबढाउँदा लगानीकर्ताहरु इक्विटी बजारमा मात्रै सीमित भएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.