शनिबार, फाल्गुन १०,२०८१ 10:14:50
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:14:50
IME remit
Global IME Bank Limited

सेयरबजार घट्दा म्युचुअल फण्डहरुको न्याभ र नाफा घट्यो, लगानी भने थप्दै

Hyundai Nepal
सेयरबजार घट्दा म्युचुअल फण्डहरुको न्याभ र नाफा घट्यो, लगानी भने थप्दै
Nabil Bank Limited

काठमाण्डौ । म्युअुल फण्डहरुको माघ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये पुस महिनाको तुलनामा माघ महिनामा ४ वटा म्युचुअल फण्डको मात्रै न्याभ बढेको छ भने ३७ वटा म्युचुअल फण्डको न्याभ घट्न पुगेको हो ।  

पछिल्लो समय सेयरबजारमा गिरावट आएसँगै म्युचुअल फण्डहरुको नाफासँगै न्याभ घट्न पुगेको छ। घट्दो बजारमा म्युचुअल फण्डहरुले सूचीकृत सेयरमा भने लगानी बढाएका छैन् । अधिकांश म्युचुअल फण्डले माघ महिनामा लगानीको दायरा बढाएको देखिन्छ ।  

सेयरबजारमा सामूहिक लगानी कोष तथा म्युचुअल फण्डहरुको ठूलो लगानी रहेको हुन्छ । बजार चलायमान बनाउन म्युचुअल फण्डको योगदान रहेको हुन्छ । तर घट्दो बजारमा १८ वटा म्युचुअल फण्डहरुले लगानीको दायरा बढाउन सकिरहेका छैनन् ।

पछिल्लो केही समययता बैंकको विषयमा केही अफहाव फैलँदा लगानीकर्ताहरुको मनोबल कमजोर बन्दै गएको छ । साथै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा पनि सेयरबजार उकासिने खालका गहकिलो नीति नहाउँदा बजार झनै घट्दै गइरहेको लगानीकर्ताहरु बताउँछन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

सेयरबजारमा उतारचढाव आउँदा म्युचुअल फण्डहरुको न्याभ, खुद नाफा र लगानीमा प्रत्यक्ष असर देखिन्छ । केही समययता बजारमा लगातार गिरावट आउँदा माघ महिनामा अधिकांश म्युचुअल फण्डको न्याभ, नाफा घटेको छ भने लगानी भने बढेको छ ।  

चारवटा म्युचुअल फण्डको मात्रै न्याभ बढ्यो  

माघ महिनामा ४ वटा म्युचअल फण्डको मात्रै न्याभ बढेको छ । सबैभन्दा बढी हिमालयन ८०–२० को न्याभ १४ पैसाले बृद्धि भई १० रुपैयाँ ७ पैसा पुगेको छ । पुस महिनामा उक्त फण्डको न्याभ १०।५६ रुपैयाँ थियो ।  

त्यस्तै, एनआइसी एशिया डायनामिक डेब्ट फण्डको ५ पैसाले बढेर १०.७७ रुपैयाँ, सिटिजन सुपर ३० को १ पैसाले बढेर १०.७८ रुपैयाँ र नबिल फ्लेक्सी क्याप फण्डको ०.०१ रुपैयाँले बढेर १०.३२ रुपैयाँ पुगेको छ ।  

साथै एनआइबीएल स्टेबल फण्ड केही समयअघि मात्रै नेप्सेमा सूचीकृत भएकाले सो फण्डको न्याभ भने १० रुपैयाँ रहेको छमाघ महिनामा सबैभन्दा बढी न्याभ एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को ११.२७ रुपैयाँ रहेको छ ।  

त्यस्तै, सनराईज फर्स्ट म्युचुअल फण्डको ११.२५ रुपैयाँ, सानिमा इक्विटी फण्डको ११.१८ रुपैयाँ, कुमारी सुनौलो लगानी योजनाको ११.११ रुपैयाँ, एनआइसी एशिया सेलेक्ट–३० को ११.१० रुपैयाँ, एनआइसी एशिया फ्लेक्सी क्याप र एनआइसी एशिया ग्रोथ फण्डको ११ रुपैयाँ रहेको छ ।  

कुनले कति कमाए नाफा ?

माघ महिनामा कुल ४३ म्युचुअल फण्डले ५० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर उक्त नाफा पुस महिनाको तुलनामा भने ५१.०२ प्रतिशतले कम हो । पुसमा ४२ वटा म्युचुअल फण्ड (एनआइबीएल स्टेबल फण्ड माघमा सूचीकृत भएको)ले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।  

पुस महिनाको तुलनामा माघ महिनामा जम्मा ४ वटा म्युचुअल फण्डले मात्रै नाफा बढाउन सफल भएका छन् ।  

हिमालयन ८०–२० ले सर्वाधिक २५.१७ प्रतिशत, एनआइसी एशिया डायनामिक डेब्ट फण्डले ७.९५ प्रतिशत, नबिल फ्लेक्सी क्याप फण्डले २.९३ प्रतिशत र सिटिजन सुपर ३० म्युचुअल फण्डले ०.६५ प्रतिशतले नाफा बढाएका छन् ।  

माघ महिनामा सबैभन्दा बढी नाफा कमाउनेमा भने एनआइसी एशिया ग्रोथ फण्ड रहेको छ । सो फण्डले माघमा ७ करोड ८९ लाख रुपैयाँ नाफा कमाउँदा दोस्रोमा प्रभु सेलेक्ट फण्डले ७ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

त्यस्तै, हिमालयन ८०–२० ले ७ करोड ८१ हजार, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डले ५ करोड ९९ लाख, आरबीबी म्युचुअल फण्ड २ ले ५ करोड ९२ लाख रुपैयाँ र आरबीबी म्युचुअल फण्ड–१ ले ५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

साथै माघ महिनामा मात्रै सूचीकृत भएको एनआइबीएल स्टेबल फण्डसहित १४ वटा म्युचुअल फण्ड भने घाटामा छन् । सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्ड १४ करोड ५९ लाख रुपैयाँ घाटामा छ ।  

सेयरबजारमा कुनको लगानी कति ?

म्युचुअल फण्डहरुले सेयरबजारमा २९ अर्ब ३२ करोड ८७ लाख रुपैयाँ लगानी गरेका छन् । सञ्चालमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये ४२ म्युचुअल फण्डले २९ अर्ब रुपैयाँ भन्दा बढी रकम सूचीकृत सेयरमा लगानी गरेका हुन् ।  

यो लगानी पुस महिनाको तुलनामा १.६१ प्रतिशतले बढेको हो । सेयरबजारमा घट्दा म्युचुअल फण्डहरुले लगानीको दायरा बढाएका छन् । २४ वटा म्युचुअल फण्डले पुस महिनाको तुलनामा सेयरबजारमा लगानी बढाएको छ ।  

माघ महिनामा सबैभन्दा बढी एनआइबीएल सहभागीता फण्डले १ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।  

त्यस्तै, एनएमबी सरल बचत फण्ड–ई ले १ अर्ब २३ करोड, सिद्धार्थ इक्विटी फण्डले १ अर्ब ११ करोड, सानिमा इक्विटी फण्डले १ अर्ब ३ करोड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले १ अर्ब ३ करोड र एनएमबी ५० ले १ अर्ब १ करोड रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।  

साथै पुस महिनाको तुलनामा माघ महिनामा सबैभन्दा बढी लगानी बढाउनेमा हिमालयन ८०–२० रहेको छ । सो फण्डले सूचीकृत सेयरमा लगानी ४५.१९ प्रतिशतले बढाएको छ ।  

त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड–२ ले २५.५५ प्रतिशत, प्रभु स्मार्ट फण्डले १२.८४ प्रतिशत, सिटिजन म्युचुअल फण्ड–२ ले ११.७९ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले १०.७५ प्रतिशत र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ७.९८ प्रतिशतले लगानी बढाएको छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.