बुधबार, भाद्र ३१,२०८३ 04:36:19
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 04:36:19
Bizshala
Global IME Bank Limited

‘किया एक्सचेन्ज कार्निभल’ सुरु, ६ लाखसम्मको एक्सचेन्ज बोनस र ६ लाखकै नगद डिस्काउन्ट पाउने अवसर

‘किया एक्सचेन्ज कार्निभल’ सुरु, ६ लाखसम्मको एक्सचेन्ज बोनस र ६ लाखकै नगद डिस्काउन्ट पाउने अवसर
New Office

काठमाण्डौ । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले काठमाण्डौको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा शुक्रबार किया एक्सचेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने कार्निभलले सवारी साधनका पारखीलाई कियाको उन्नत विद्युतीय वा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अद्वितीय अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।  

कार्निभलका अवसरमा जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा बिक्री गरी कियाका गाडी लिन सकिने कम्पनीले जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कार्निभलमा कियाका गाडीहरुको टेस्ट ड्राइभमा सहभागीका लागि कम्पनीले विशेष उपहारको व्यवस्था गरेको छ । कार्निभलमा एक्सचेन्ज बोनसबापत ६ लाख रुपैयाँसम्म र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाख रुपैयाँसम्म छुट पाइनेछ ।  

त्यसैगरी, गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ । कम्पनीले बिक्री गर्ने गाडीमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा आफैंले बेहोर्ने नीति लिएको छ ।  

Muktinath Bikas Bank Limited

कार्निभलमा ग्राहकले एक्सचेन्ज गर्ने सवारी साधनको आकर्षक मूल्यांकन पाउने र एक्सचेन्ज बोनसको समेत लाभ उठाउन सकिनेछ ।  

कियाका सवारीसाधनहरु ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । कियाका इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधनहरुले विश्व बजारमा ख्याति कमाएका छन् ।  

कियाले कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्सको ग्राभिटी एडिसन (२०२५), तथा इभी६ र इभी९ प्रस्तुत गरेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.