काठमाण्डौ । टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बी जेड थ्री एक्स एसयूभी केहि समय आगाडी चीनमा सार्वजनिक गरेको थियो।उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो। यद्यपी टोयोटाको ब्रान्ड रहेको भएपनि बी जेड थ्री एक्स विशेषगरी न्ब्ऋ ब्ष्यल ख् मा आधारित छ। यसमा उही साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिएको छ । तर यसको ब्याट्री प्रविधि भने फरक रहेको छ।
फाइभ डोर र फाइभ सिट ररहेको यस ईभीको लम्बाइ ४,६०० मिमि, चौडाइ १,८५०मिमि, उचाइ १,६०० मिमि, ह्वीलबेस २,७६५ मिमि रहेको छ।टोयोटाको दाबी अनुसार, यसमा प्रयोग भएका ६५ प्रतिशत पार्ट्स जीएसी सप्लायर्सबाट आपूर्ति गरिएको हो। चीनमै उत्पादन गरिएको यो गाडी टोयोटा र जीएसीको संयुक्त परियोजनामा बनेको हो।यस गाडीको बिक्रि सुरु भए लगत्तै एक घण्टामै १० हजारभन्दा बढी अर्डर प्राप्त भएको र त्यसकै कारण टोयोटाको सर्भर क्र्यास समेत भएको जानकारी दिइएको छ।
नेपालको सन्दर्भमा, जीएसी एओन ब्रान्डको आधिकारिक वितरक सिजी मोटर्स रहेको छ। यसअन्तर्गत एओन वाई र एओन भी जस्ता विभिन्न इलेक्ट्रिक गाडीहरू उपलब्ध छन्। नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दो भएकाले सिजी मोटर्सले एओन भी दुई महिना अघि नेपाली बजारमा सार्वजनिक गरेको थियो।
Aion V को विशेषता: लम्बाइ: ४,६०५ मिमि, चौडाइ: १,८५४मिमि, उचाइ: १,६६० मिमि, ग्राउण्ड क्लियरेन्स: १८५मिमि, ह्वीलसाइज: १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील, गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको छ।अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ, जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ।लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुडवार्मरको सुविधा समेत दिइएकोछ। प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ।सुरक्षाका हिसाबले यसमा ७ वटा एयर ब्याग उपलब्ध छन्। Aion V को सुरुवाती मूल्य रु ६४.९९ लाखदेखि राखिएको छ।