काठमाण्डौ । सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्सपल्स सेन्सेई किन्नेलाई’ अभियान सुरु गरेको छ। यस अभियानअन्र्तगतसेन्सेइ ब्रान्डका घरायसी सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाईक पाउन सकिनेछ । सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित भएको र ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने, र टिकाउ हुने कम्पनीको दाबी छ ।
यस अभियानअन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै ५० इन्चको एलईडी टिभी र माथिमा एमआई एयरपड सेमी–अटोमेटिक वाशिङ मेसिनमा २ किलो एरियल र फ्रन्ट–लोड वाशिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्नेछन्।
लक्की ड्रमा सहभागी हुन बिज्ञापनमा दिइएकोक्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सक्नुहुनेछ।
ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि शून्य प्रतिशत एइमआई भुक्तानीको सुविधा उपलब्ध गराएको छ।