काठमाण्डौ । भक्तपुरको पेप्सीकोला,दिबेश्वरी टाउनप्लानिङ्गमा आधुनिक लाउन्ज चैत्र ३१ गतेदेखि सञ्चालनमा आउने भएको छ।यसमा लाइभ कन्सर्ट हुने लगायत रेस्टुरेन्ट,बार र क्लबमा हुने डान्सिङ फ्लोरसमेतको सुविधा रहेको लाउन्जले जनाएको छ ।
बढीमा ५००० जना एकैसाथ सहभागी हुन सक्ने क्षमता भएको लाउन्ज नयाँ बर्षको सुरुवातसँगै सञ्चालनमाआउने भएको हो।चैत्र ३१ गतेदेखि २०८१ लाई विदाई गर्दै नयाँ बर्षको सुरुवात गर्न राजु लामासहितको टीम मंगोलियन हर्टले लाइभ कन्सर्ट गर्दैछ । साथै १ गतेदेखि विभिन्न ब्रयाण्डहरुको लाइभ प्रोग्राम हुने जनाइएको छ।आन्तरिक तथा बाह्य पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्नेगरी लाउन्ज सञ्चालनमा ल्याइएको जनाइएको छ।
आधुनिक डिजाइनमा निर्माण भएको लाउन्जमा प्रयाप्त पार्किङ, रेस्टुरेन्ट,बार र डान्सिङ हलको सुविधा उपलब्ध छ।यस लाउन्जमा एकैसाथ ६५० जना बस्न मिल्ने र बढीमा ५००० जना डान्सिङ फ्लोर ,लाइभ कन्सर्ट र अन्य कार्यक्रममा सहभागी हुन सक्ने जनाइएको छ।