काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर वैशाख २ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले नक्सालमा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि वैशाख ९ गतेसम्म आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । सेयर खरिदका लागि आवेदन पेश गर्दा न्यूनतम १ लाख २५ हजार कित्ताका लागि दिनु पर्नेछ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।