बुधबार, श्रावण २०,२०८३ 07:43:27
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 07:43:27
Bizshala
Global IME Bank Limited

नारायणघाट-बुटवल सडकखण्ड रातको समयमा बन्द हुने

नारायणघाट-बुटवल सडकखण्ड रातको समयमा बन्द हुने
New Office

काठमाण्डौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द हुने भएको छ । यो सडकखण्डको दाउन्ने क्षेत्रमा सोमबार रातीदेखि रातको समयमा राजमार्ग बन्द गरी सडक बिस्तारको काम सुरु गरिएको हो ।

दाउन्ने खण्डमा गएराति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । यस्तो रोक लगाई सडक मर्मत तथा विस्तारको काम यही वैशाख १५ गतेसम्म जारी रहनेछ । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।

नारायणघाट(बुटवल खण्डको ११४ किलोमिटरमध्ये १०० किलोमिटर चार लेनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ । राजमार्ग बन्द गरेर सडकमा भएका खाल्डाखुल्डी पुर्ने र त्यसपछि पहाडको भित्ता काट्ने काम अगाडि बढाइने जनाइएको छ । 

गत चैतको अन्तिम साता परेको सामान्य वर्षाका कारण हिलो हुँदा यहाँको सडकमा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.