शुक्रबार, असार १९,२०८३ 05:56:30
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 05:56:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सहकारी,लघुवित्त र मिटरब्याजी पीडितले एउटै स्वरमा भने, ‘ओली सरकारको दिनगन्ति सुरु’

Laxmi Sunrise Bank Limited
सहकारी,लघुवित्त र मिटरब्याजी पीडितले एउटै स्वरमा भने, ‘ओली सरकारको दिनगन्ति सुरु’

काठमाण्डौ। वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोष व्यक्त गरेका छन् । मंगलबार काठमाण्डौको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका छन् ।

‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रुपमा नलिन चेतावनी दिए । ज्ञवालीले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै भने, ‘आफ्नो अधिकार र न्यायको लागि मानव समाजको उत्पतिदेखि आजसम्म भएका कुनै पनि लडाइँमा बहुसंख्यक उत्पीडितहरु पराजित छैनन् भने हाम्रो यो न्यायीक लडाईमा पनि शासकहरु घुँडा टेक्न बाध्य हुने निश्चित छ ।’

सहकारी बचतकार्ता संरक्षण राष्ट्रिय अभियान९महासंघ०का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटकपटक भएका सम्झौताहरुलाई कागजमै सिमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायीक कार्य भएको बताए ।

New Office
CG Motors
Garima Development Bank

केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

नेशन फर्स्टका अध्यक्ष डा.नन्द काप्रीले केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको सरकार नभई पीडकको संरक्षक भएको आरोप लगाए । लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको बर्षौदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन नगरेकोप्रति आक्रोष ब्यक्त गर्दै डा।काप्रीले भने, ‘ओली जी जनताको न्यायको लागि भन्दै १४ वर्ष जेल बसेँ त भन्नुहुन्छ, तर उहाँको निरङ्कुश र तानाशाही शासन शैलीले उहाँ सामन्ती, भ्रष्ट, दलाल र माफियाको मसिया पो भएको देखिन्छ ।’

आन्दोलनका संरक्षक अगश्त अधिकारीले पीडितको शान्तिपूर्ण आन्दोलनलाई कामजोर नठान्न चेतावनी दिए ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालका मधेश प्रदेश इन्चार्ज युवराज रसाईलीले मैथली भाषामा भने, ‘मेधशमा लघुवित्त, सहकारी र मिटरब्याजी महाजनहरुले सबैभन्दा धेरै चक्रबृत्ति ब्याजमा जनतालाई लुटिरहेका छन्, अब राज्यले न्याय नदिए उनिहरुलाई गाउँगाउँबाट लखेट्छौं ।’ कोशी प्रदेश अध्यक्ष लुजा राईले आम पीडितहरुको न्यायका लागि महिलाहरु जस्तोसुकै लडाई लड्न पनि तयार रहेको बताईन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रिय स्वयमसेवक नेपालका अध्यक्ष मनोज पौडेलले पीडितलाई न्याय दिलाउन आफूहरु ज्यानको बाजि थापेर सडकमा उत्रेको बताए ।

सोभा पाठकले जीवी राई एउटा पात्र मात्र भएको भन्दै, सहकारी, लघुवित्त र मिटरब्याजी लुटेराहरुलाई राज्य सञ्चालकहरुले नै संरक्षण गरिरहेको आरोप लगाईन् ।

सहकारी बचतकार्ता संरक्षण राष्ट्रिय अभियान९महासंघ०का केन्द्रीय कोषाध्यक्ष देव कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.