बिहीबार, श्रावण २१,२०८३ 09:58:57
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:58:57
Bizshala
Global IME Bank Limited

चैतमा घरजग्गा कारोबारबाट चालु आवकै सर्वाधिक राजश्व संकलन

चैतमा घरजग्गा कारोबारबाट चालु आवकै सर्वाधिक राजश्व संकलन
New Office

काठमाण्डौ । चैत महिनामा यो आर्थिक वर्षकै सर्वाधिक घरजग्गा कारोबार भएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।  

गत फागुनमा भने सरकारले घरजग्गा कारोबारबाट चार अर्ब १२ करोड रूपैयाँ राजश्व उठाएको थियो ।  

चैतमा देशभर ४९ हजार ८ सय ३२ वटा घरजग्गा कारोबार भएको विभागले जनाएको छ । यो फागुन महिनाको तुलनामा ८.१८ प्रतिशतले बढी हो। फागुनमा भने देशभरमा ४६ हजार ६१ संख्यामा घरजग्गा कारोबार भएको थियो।

यस्तै चैतमा १ लाख ४७ हजार ४ सय १६ वटा घरजग्गासम्बन्धी कारोबार भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म भने कुल ११ लाख २५ हजार ३८८ वटा कारोबार भएको छ ।  

यस्तै चैतमा ५४ हजार २ सय ७९ लिखत पारित भएको छ । जुन चालु आवकै उच्च हो । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।  

सरकारले घरजग्गा कारोबारबाट साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौ ३ अर्ब ९ करोड २ लाख, असोजमा ३ अर्ब ८ करोड १२ लाख, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख, पुसमा ४ अर्ब २५ करोड २२ लाख, माघमा ३ अर्ब ८७ करोड २४ लाख, फागुनमा ४ अर्ब १२ करोड रुपैयाँ राजश्व उठाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.