बिहीबार, बैशाख ३१,२०८३ 07:14:27
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:14:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य प्रस्ताव

Laxmi Sunrise Bank Limited
स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य प्रस्ताव
Shivam Cement

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो।  

बैठकले यही वैशाख २९ गते सोमबारका दिन काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५२६३१७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको विशेष प्रस्ताव पारित गरिनेछ।  

Bizshala
New Office
CG Motors

यसका साथै अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।    

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आव २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

Garima Development Bank
Shivam Cement
IME remit

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले वैशाख ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.