काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजारमा मटरकोशाको मूल्य बढेको छ । आज मटरकोशाको मूल्य ३० प्रतिशतले बढेको छ । यससँगै यसको औषत प्रतिकेजी मूल्य ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने मटरकोशाको प्रतिकेजी मूल्य ६५ रुपैयाँ कायम थियो ।
त्यस्तै आज गोलभेडा सानो(लोकल)को मूल्य १ प्रतिशतले बढ्दै २२ रुपैयाँ, गोलभेडा सानो तराई १ प्रतिशतले बढ्दै २२ रुपैयाँ, बन्दा(नरिवल)१३ प्रतिशतले बढ्दै २० रुपैयाँ, प्याज हरियो ७ प्रतिशतले बढ्दै ३५ रुपैयाँ, च्याउ(डल्ले)१२ प्रतिशतले बढ्दै ३२६ रुपैयाँ, खुर्सानी हरियो १८ प्रतिशतले बढ्दै ६५ रुपैयाँ, भेडे खुर्सानी १९ प्रतिशतले बढ्दै १२५ रुपैयाँ, गाजर लोकल ३५ रुपैयाँ, आलु रातो ३२ रुपैयाँ, गोलभेडा ठूलो नेपाली ३५ रुपैयाँ, बन्दा लोकल १२ रुपैयाँ, र घिरौला ५५ रुपैयाँ कायम भएको छ ।
आज काउली स्थानियको मूल्य १० प्रतिशतले घटेर २२ रुपैयाँ, काउली स्थानिय ज्यापु ९ प्रतिशतले घटेर २२ रुपैयाँ, मूला सेतो लोकल १५ प्रतिशतले घटेर १५ रुपैयाँ,सेतो मूला(हाईब्रिड)२० प्रतिशतले घटेर २० रुपैयाँ, तिते करेला १० प्रतिशतले घटेर ४५ रुपैयाँ, काक्रो(हाईब्रिड)३८ प्रतिशतले घटेर २७ रुपैयाँ कायम भएको छ ।